विवादरहित अन्नपूर्णः सबै करार कर्मचारीको जागिर नवीकरण
पाेखरा | साउन १०, २०७९
पोखरा: पोखरा महानगरपालिका र केही गाउँपालिकामा कार्यरत करार कर्मचारीको सेवा नवीकरण नभएपछि आन्दोलन र तनाव बढिरहेकाबेला अन्नपूर्ण गाउँपालिकामा भने करार नवीकरण गरिएको छ ।
गाउँपालिकामा २३ करारसहित ६१ कर्मचारी कार्यरत छन् । अघिल्ला वर्षहरुमा राखिएका कर्मचारीहरु करार नवीकरण हुने हो कि होइन भन्ने दोसाँधमा रहेकाबेला गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सबैको समयावधि ६ महिना थपिदिएका छन् ।
‘किन ६ महिनामात्र थप गरियो ?’ भन्ने प्रश्नमा अध्यक्ष केसी भन्छन् ‘कर्मचारीहरुको काम, योगदानबारे नयाँ प्रतिनिधि जानकार छैनन् । उहाँहरुको कार्यक्षमता हेर्न र मूल्यांकन गर्न ६ महिनाका समय राखेको हो ।’
अबको ६ महिना जनताबाट कुनैपनि गुनासो नआए, आलोचना नभए र जनउत्तरदायी भई काम गरेमा करार अवधि थपिने केसीले बताए । ‘अन्य गाउँपालिकामा जस्तो कर्मचारी हटाउने, आफ्नै तवरले भर्ना गर्ने काम मनासिब लागेन’ अध्यक्ष केसी भन्छन् ‘काम गरिरहेकै कर्मचारीलाई निरन्तरता दिइएको हो ।’
यद्यपि, कर्मचारीको कार्यकुशलता कस्तो हुनेछ भन्ने थाहा पाउन ६ महिनामात्रै थप गरिएको हो । यसबीचमा जनताबाट गुनासो वा आलोचना हुने काम गरे उनीहरुको समय थप नगरिने केसीले प्रष्ट पारे ।
नयाँ आर्थिक वर्ष लागेसँगै अध्यक्ष केसीले करारका सबै कर्मचारीलाई भेला गराई जनताको हितमा काम गर्न र जागिर जाने भयबाट मुक्त हुन निर्देशन दिएका थिए । त्यसबखत केसीले भनेका थिए, ‘म अनुहार हैन, तपाइहरुको काम हेर्छु, यसर्थ ६ महिना करार थप गर्नेछु, यसबीचमा जनताबाट गुनासो आए म नवीकरण नगर्न बाध्य हुनेछु ।’
गाउँपालिकामा कार्यरत कतिपय कर्मचारी बिनाप्रतिष्पर्धा आएका त कोही भनुसनकारभरमा समेत जागिर खाएका बताउँदै केसीले जे जस्तो भएपनि पालिकावासीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
केसीले भने, ‘निर्वाचनपछि नयाँ पदाधिकारी आएका छौं, यसकारण करारका कर्मचारीका लागि थपिएको ६ महिना परीक्षण अवधि हो ।’ जनभावनामा ठेस पुग्ने काम गरे कर्मचारीमात्र हैन स्वयं आफुपनि पदमा बस्नुको औंचित्य नहुने उनले सुनाए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

